समाज


‘जंगली बँदेल’ ठानेर सिकारीले गोली हान्दा १९ वर्षीय युवकको मृत्यु, युवती घाइते

‘जंगली बँदेल’ ठानेर सिकारीले गोली हान्दा १९ वर्षीय युवकको मृत्यु, युवती घाइते

फाइल फोटो


नेपालखबर
बैशाख ३, २०८३ बिहिबार १२:१२, बुटवल

प्युठानको गौमुखी गाउँपालिका–४ मा रातको समयमा भरुवा बन्दुकबाट गोली चल्दा एक युवकको मृत्यु भएको छ। घटनामा एक किशोरी घाइते भएकी छन्। 

स्थानीय सामुदायिक वन क्षेत्रमा सिकार खेल्न गएका सिकारीले बँदेल ठानेर गोली चलाउँदा युवकको मृत्यु भएको हो।

घटना गएको चैत २९ गते रातिको हो। 

जनावर सिकार गर्न जंगल पसेका चार युवाको समूहले ‘बँदेल ठानेर’ गोली चलाउँदा नौबहिनी गाउँपालिका–४ का १९ वर्षीय सुशील परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटना हुँदा उनीसँगै रहेकी १८ वर्षीया किशोरी पनि घाइते भएकी छन्। घटनापछि तत्कालै अस्पताल पुर्‍याइए पनि सुशीलको मृत्यु भएको प्रहरीले जनाएको छ। 

चैत ३० गते उनले उपचारकै क्रममा ज्यान गुमाएका हुन्। घाइते किशोरीको अवस्था भने खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी नरहरी अर्यालले जानकारी दिए।

गोली चलाएको आरोपमा प्रहरीले २७ वर्षीय वीरेन्द्र केसीसहित चार जना सिकारीलाई पक्राउ गरेको छ। 

‘टाढाबाट जनावर (बँदेल) ठानेर सिकारीहरूले गोली चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ डीएसपी अर्यालले भने।

घटनापछि केसीसहित आरोपी सबै पक्राउ परेका छन्। उनीहरूबाट दुई थान भरुवा बन्दुकसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। 

अहिले उनीहरूमाथि कर्तब्य ज्यान र हातहतियारसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको डीएसपी अर्यालले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad