समाज


सर्लाहीमा २१ वर्षीया युवतीको हत्या, पति र ससुरा फरार

सर्लाहीमा २१ वर्षीया युवतीको हत्या, पति र ससुरा फरार

नेपालखबर
माघ १८, २०८० बिहिबार ६:२१, सर्लाही

सर्लाहीको बलरामा एक युवतीको हत्या भएको छ। 

बलरा नगरपालिका-४ जब्दीका छोटेलाल सहनीकी पत्नी २१ वर्षीया पत्नी पुजादेवीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

बुधबार राति आफ्नै घरभित्र पुजादेवी मृत फेला परेकी थिइन्। प्रहरीका अनुसार घटनापछि उनका पति र ससुरा जयनारायण सहनी फरार छन्। पुजादेवीकी सासु बनारसी देवीलाई भने पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पुजादेवीको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। 

उनको पतिसहित परिवारका सदस्य मिलेर हत्या गरेको आशंका प्रहरीले गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .