समाज


आफ्नो जन्म दिनमा क्यान्सर पीडित बालिकालाई सर्लाहीका युवाले दिए ५१ हजार सहयोग

आफ्नो जन्म दिनमा क्यान्सर पीडित बालिकालाई सर्लाहीका युवाले दिए ५१ हजार सहयोग

नेपालखबर
चैत ८, २०८० बिहिबार १४:२, सर्लाही

सर्लाहीको बागमतीकी एक क्यान्सर पीडित बालिकालाई उपचार खर्चवापत ५१ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ।

बागमती नगरपालिका- १२ निवासी जयबहादुर गोलेको पहलमा क्यान्सर पीडित स्थानीय ७ वर्षीया बालिका ईशा जिम्बाको उपचारको लागि ५१ हजार रुपैयाँ सहयोग गरिएको हो। 

त्यसअवसरमा युवा समाजसेवी गोलेले बौद्धिक अपाङ्गता भएका बागमती- १२ का ३२ जनालाई मिष्ठान्न भोजन गराउनुका साथै कपडासमेत प्रदान गरेका छन्।

बुधबार स्थानीय काल्साङ छ्योईखोर्लिङ गुम्बा परिसरमा आयोजित कार्यक्रममा  गोले दाम्पतीले क्यान्सरपीडित बालिकालाई ५१ हजार रुपैयाँ प्रदान गर्नुका साथै मिष्ठान्न भोजन र कपडा वितरण गरेका हुन्।

गोलेको पहलमा विभिन्न सहयोगी व्यक्तिहरुबाट क्यान्सर पीडित बालिकाको उपचारको लागि आर्थिक संकलन गरिएको थियो। अभियानबाट संकलित ३८ हजार ९ सय ५० रुपैयाँमा गोलेले व्यक्तिगत रुपमा १२ हजार ५० रुपैयाँ थप गरेर बालिकालाई ५१ हजार नगद सहयोग गरिएको हो। 

कार्यक्रममा पीडित बालिकाका हजुरबुबा पूर्णबहादुर जिम्बालाई रकम हस्तान्तरण गरिएको थियो। बालिका ईशा ब्लड क्यान्सरबाट पीडित छिन्। 

आर्थिक रुपमा विपन्न अभिभावकले चन्दा संकलन गरेर बालिकाको उपचार गर्दै आएका छन्। बालिकाको हाल भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .