ad ad

समाज


सर्लाहीमा पूर्वसांसदमाथि मध्यराति सांघातिक आक्रमण, उपचारका लागि काठमाडौँ ल्याइँदै

सर्लाहीमा पूर्वसांसदमाथि मध्यराति सांघातिक आक्रमण, उपचारका लागि काठमाडौँ ल्याइँदै

नेपालखबर
बैशाख ३, २०८१ सोमबार ९:२६, काठमाडौँ

सर्लाहीमा जनता समाजवादी पार्टीका नेता तथा पूर्व सांसद पूर्व प्रमोद साहमाथि सांघातिक आक्रमण भएको छ। 

आइतबार मध्यराति साहमाथि सर्लाहीकै हरिपुर नगरपालिका- ६ मा मादक पदार्थ खाएका युवाहरुको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्र बहादुर सिंहले जानकारी दिए। 

साहको टाउकोमा लाठी प्रहार भएको गहिरो चोट छ। पूर्व सांसद साह जनता समाजवादी पार्टी जसपाका नेता हुन्।

‘घाइते भएपछि उहाँ आइतबार दिउँसाे उपचारको लागि जनकपुर जानु भएको थियो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले केही बेरअघि नेपालखबरसँग भने, ‘उहाँले आफू आजै उपचारको लागि काठमाडौँ जान लागेको जानकारी गराउनु भएको छ। टाउकोमा चोट छ। अवस्था खतरामुक्त नै छ।’

डीएसपी श्रेष्ठका अनुसार शनिबार राति १२ बजे लालबन्दीमा रहेको जग्गाको मकै बालीमा पानी पटाएर घर फर्किएका साहका कामदार राजेन्द्र महतोमाथि सुरुमा हरिपुर- ६ मा कुटपिट भएको थियो। 

‘राति १२ बजे मकैमा पानी पटाएर महतो मोटरसाइकलमा घर फर्किएका रहेछन्,’ श्रेष्ठले भने, महतोले हरिपुर बजारमा मोटरसाइकल रोकेपछि नजिकै मदिरा पान गरिरहेका युवाहरुले किन यहाँ मोटरसाइकल रोकिस् भन्दै कुटपिट गर्न गर्न थालेछन्। उनले आफूमाथि कुटपिट भएको खबर माननीय ज्यूलाई गराएछन्। तत्कालै घटनास्थलमा पुगेका माननीयमाथि पनि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

आक्रमणबाट घाइते साहको सुरुमा हरिपुरकै अमृत हेल्थकेयरमा उपचार भएको थियो । त्यसपछि साह आफैँ थप उपचारको लागि भन्दै आइतबार दिउँसो जनकपुर गएका प्रहरीले जनाएको छ। 

आक्रमणबाट पूर्व सांसद साहसँगै उनका कामदार राजेन्द्र महतो, रवि पासवान र निकेश साह पनि घाइते भएका प्रहरीले जनाएको छ।

‘कुटपिटमा संलगन ३ जनालाई हामीले पक्राउ गरेका छौँ। चार जना फरार छन्,’ डीएसपी श्रेष्ठले भने, ‘फरार भएकाहरुको खोजी गरिरहेका छौँ।’

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले हरिपुर- ६ का आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझीलाई पक्राउ गरेको हो। उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .