हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति भएको छ। नहरका विभिन्न भागका बाँध भत्केका छन्।
चन्द्रनहर सिँचाइ प्रणाली जल उपभोक्त समितिका अध्यक्ष बद्रीनारायण यादवका अनुसार तिरहुत गाउँपालिका–४ स्थित डिवनको दुई ठाउँमा नहरको बाँध भत्किँदा समस्या भएको बताए।
हुलाकी सडकअन्तर्गत पर्ने महादेवा गाउँपालिकास्थित चिम्टीमा पनि नहरको केही भाग भत्केको छ। क्षतिका कारण नहर पूर्णरुपमा बन्द छ। बाढीबाट ५० लाखभन्दा बढीको क्षति भएको उनले जानकारी दिए।
लामो समयदेखि लथालिङ्ग रहेको चन्द्रनहरलाई कोशी पम्प चन्द्रनहर डिभिजन कार्यालयले विगत दुई वर्षदेखि पुनःनिर्माण गर्दै थियो।
नहर बन्द भएपछि यहाँका किसान चिन्तित भएका छन्। नहर मर्मतसम्हार प्रारम्भ गर्न स्रोत–साधन जुटिनसकेको अध्यक्ष यादवले बताए। रासस
54
Shares

प्रतिक्रिया