समाज


सुतिरहेको ठाउँमा हात्तीले आक्रमण गर्दा रौतहटमा एक महिलाको मृत्यु

सुतिरहेको ठाउँमा हात्तीले आक्रमण गर्दा रौतहटमा एक महिलाको मृत्यु

घटनास्थल


नेपालखबर
कात्तिक १६, २०८१ शुक्रबार १२:३६, रौतहट

रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। 

आज (शुक्रबार) बिहान फतुवा बिजयपुर-११ रागी बुटुवा बस्ने ७० बर्षीया पातली माया तामाङलाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

आफ्नै घरमा सुतिरहेको अबस्थामा हात्तीको आक्रमणबाट पातली माया तामाङको ज्यान गएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक इन्द्रमणी अधिकारीले जानकारी दिए। 

प्रहरी निरीक्षक अधिकारीका अनुसार जङ्गली हात्तीले बिहान एक्कसी आक्रमण गर्दा वृद्धाको मृत्यु भएको हो भने उनका श्रीमानले भागेर ज्यान जोगाएका छन्। हात्तीले पातलीमायाको घर पूर्णरुपमा क्षति गरेको छ। उनको घर सँगैको अर्को घरलाईसमेत क्षति पुर्याएको प्रहरीले जनाएको छ। 

घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्लास्थित नेपाल प्रहरी, डिभिजन बन कार्यालय र सशस्त्र बेस क्याम्प बिजयपुरको प्रहरी टोली बुट्वा–राङी गाउँमा पुगेका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad