समाज


तीव्र गतिको मोटरसाइकल ट्याक्टरको पछाडि ठोकिँदा १९ वर्षका युवकको मृत्यु

तीव्र गतिको मोटरसाइकल ट्याक्टरको पछाडि ठोकिँदा १९ वर्षका युवकको मृत्यु

नेपालखबर
पुस ९, २०८१ मंगलबार ८:२१, सर्लाही

सर्लाहीमा ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ। 

नवलपुर-मलंगवा सडक अन्तर्गत फरहदवा नगरपालिका- ३ मा सोमबार साँझ ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालक १९ वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

मृत्यु हुनेमा सर्लाहीकै कविलासी नगरपालिका-७, का १९ वर्षीय चन्दन यादव रहेका प्रहरीको भनाई छ। 

हरिपुरबाट गैरतर्फ जाँदै गरेको ज २ त ४५२ नम्बर ट्याक्टरमा यादवले चलाएको बीआर ०५ एक्यू ८७५९ नम्वरको भारतीय मोटरसाइकल पछाडिबाट ठोकिँदा दुर्घटना भएको हो। तीव्र गतिको कारण दुर्घटना भएको स्थानीयले बताएका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। युवकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।

दुर्घटनापछि ट्याक्टर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad