सिराहामा आज बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
उदयपुरबाट आउँदै गरेको बागमती प्रदेश ०१-००४ ख २९५३ नम्बरको टिपर मिर्चैयास्थित कटारीचोक नजिक दुर्घटना हुँदा चालक ६५ वर्षीय महेन्द्र महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
चालक महरा मिर्चैया नगरपालिका- ७ फुलवरियाका स्थायी वासिन्दा हुन्।
उनको घटनास्थलमै मृत्यु भएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
789
Shares

प्रतिक्रिया