समाज


रौतहटमा गाडीको ठक्करबाट ३५ वर्षीय युवकको मृत्यु भएपछि स्थानीयवासीले गरे पूर्वपश्चिम राजमार्ग बन्द

रौतहटमा गाडीको ठक्करबाट ३५ वर्षीय युवकको मृत्यु भएपछि स्थानीयवासीले गरे पूर्वपश्चिम राजमार्ग बन्द

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १२:१६, काठमाडौँ

रौतहटमा गाडीको ठक्करबाट ३५ वर्षीय युवकको मृत्यु भएपछि स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग बन्द गरेका छन्। 

पूर्व–पश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका–१ मङ्गलपुर, पौराइमा पहिचान नखुलेको गाडीले ठक्कर दिँदा स्थानीय ३५ वर्षीय बुद्ध लिम्बुको मृत्यु भएको हो। 

बिहीबार बिहान गाडीको ठक्करबाट लिम्बूको मृत्यु भए पनि उनलाई ठक्कर दिने गाडीको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए। 

‘स्थानीयले बिहीबार बिहान ६ बजेदेखि नै राजमार्ग अवरुद्ध पारिरहेका छन्,’ डीएसपी रायले नेपालखबरसँग भने, ‘हामी लिम्बूलाई ठक्कर दिने गाडीको पहिचानमा लागेका छौँ।’

उनले ठक्कर दिने गाडीको पहिचान नहुँदा समस्या भएको बताए।  

मृतकका परिवार र स्थानीयले ठक्कर दिने गाडीका चालकलाई पक्राउ गरेर पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन्। 

सात घण्टादेखि यातायात बन्द हुँदा त्यस क्षेत्रमा सयौँ सवारी साधनको लाम लागेको छ। 

साना सवारी साधन रेल्वेको पुलबाट बागमती नदी पार भएर गन्तव्यतिर लागिरहेका भए पनि ठूला बस र मालबाहक ट्रक भने घटनास्थलमै रोकिएका छन्। 

घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर गाडी खुलाउने प्रयास भइरहेको डीएसपी रायले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad