समाज


काठमाडौँबाट महोत्तरी जाँदै गरेको बस रौतहटमा पल्टियो, १० जना घाइते

काठमाडौँबाट महोत्तरी जाँदै गरेको बस रौतहटमा पल्टियो, १० जना घाइते

साेमबार बिहान राैतहटमा दुर्घटनामा परेकाे बस।


नेपालखबर
असार ९, २०८२ सोमबार ९:५, काठमाडौँ

रौतहटमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिकामा सोमबार बिहान  काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस दुर्घटनामा परेको हो। 

बा.प्र-०१-००६ ख. ५२१६ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए। 

घाइतेमध्ये धेरैजसो भारतीय नागरिक रहेका उनले बताए। 

घाइते सबैको चन्द्रपुरस्थिति चपुर प्रालिमा उपचार भइरहेको छ। दुर्घटनापछि फरार रहेका बसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तीव्र गतिकाे कारण चालकले  नियन्त्रण गुमाउँदा बस दुर्घटना भएकाे अनुमान प्रहरीले गरेकाे छ। घाइतेबाहेक १५ जना यात्रुलाई अर्काे सवारीमा चढाएर गन्तव्यतर्फ पठाइएकाे डीएसपी रायले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad