समाज


सर्लाहीमा बस र ट्रक ठोकिँदा ७ जना घाइते

सर्लाहीमा बस र ट्रक ठोकिँदा ७ जना घाइते

नेपालखबर
असोज ८, २०८२ बुधबार १९:४८, काठमाडौँ

सर्लाहीमा बस र ट्रक आपसमा ठोकिँदा सात जना घाइते भएका छन्। 

पूर्व पश्चिम राजमार्गमा पर्ने सर्लाहीको ईश्वरपुर नगरपालिका १३ स्थित बाँके जंगलमा आज दिउँसो बस र ट्रक आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

काठमाडौँबाट विराटनगरतर्फ जाँदै बागमती प्रदेश ०१–००६ ख ६३०६ नम्बरको बस र महोत्तरीबाट खाद्यान्न लिएर भैरहवातर्फ जाँदै गरेको ना ६ ख २९२८ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्। 

तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरले गरेको छ। आपसमा ठोक्किएपछि बस र ट्रक सडकको वारिपारी पल्टिएका छन्।

दुर्घटनामा मोरङको विराटनगर महानगरपालिका–४ घर भएकी २९ वर्षीया सविक्षा राई, मोरङकै रङ्गेली नगरपालिका–९ कि ४० वर्षीया लालकुमारी श्रेष्ठ, उनकी १५ वर्षीया छोरी युनिष्का राउत, विराटनगर महानगरपालिका–३ कि ३९ वर्षीया सविता रेग्मी, उनकी छोरी आठ वर्षीया प्रिसा भट्टराई, भारतको बिहार घर भई काठमाडौँ बस्दै आएका रामशरण मण्डल र मोरङको सुन्दरहरैचा नगरपालिका–९ का ५२ वर्षीया लोकबहादुर बिक घाइते भएका छन्।

घाइतेको महोत्तरीको बर्दिबास र सर्लाहीको लालबन्दीमा उपचार भइरहेको छ। उनीहरुको सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुने सबै बसका यात्रुहरु हुन्। बसका चालक पनि घाइते भएका छन्। तर ट्रकका चालक र सहचालकलाई भने कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad