समाज


चट्याङ लागेर एक युवकको मृत्यु

चट्याङ लागेर एक युवकको मृत्यु

नेपालखबर
बैशाख ५, २०८३ शनिबार २०:२०, जनकपुरधाम

चट्याङ लागेर बाराको कोल्हबी नगरपालिका–५, सोनाभारमा एक युवकको मृत्यु भएको छ। 

शनिबार हावाहुरीसँगै चट्याङ पर्दा सोनाभारका ३२ वर्षीय लुटावन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।

छठिघाट नजिकैको खेतमा काम गरिरहेका उनी चट्याङ लागेपछि गम्भीर घाइते भएका थिए। स्थानीय बासिन्दाले उनलाई घर ल्याएका थिए। 

उपचारका लागि अस्पताल लग्न नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad