ad ad

समाज


थप ५३ मा कोरोना पुष्टि, संक्रमितको संख्या ३५७

थप ५३ मा कोरोना पुष्टि, संक्रमितको संख्या ३५७

नेपालखबर
जेठ ५, २०७७ सोमबार १०:१०,

आज (सोमबार) एकै दिन कोरोना संक्रमित पुष्टि हुनेको संख्या हालसम्मकै उच्च भेटिएको छ।

बाँकेमा ४६ जना पुरुष र १ महिला गरी ४७ जनाको नमूना भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा रहेको प्रयोगशालामा १ सय ९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो। जस मध्ये ४६ जना पुरुष र १ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

एकै दिन एउटै जिल्लामा एकैपटक यति धेरै संक्रमण देखिएको यो पहिलो हो। यस्तै विराटनगर स्थित प्रयोगशालामा मोरङ जिल्लाका १ जना पुरुष र भैरहवाको प्रयोगशालामा गुल्मीका १ जना पुरुषमा पनि संक्रमण देखिएको छ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका १ जना, रौतहटका १ जना, दाङका १ जना र धादिङका १ जना गरी ४ जनाको रिपोर्ट पोजेटीभ आएको छ। यससँगै कुल संक्रमितको संख्या ३ सय ५७ जना पुगेको छ। जस मध्ये पुरुषको संख्या २ सय ९८ र महिलाको संख्या ५९ रहेको छ।

अहिलेसम्म कुल संक्रमित व्यक्तिहरुको स्थायी ठेगाना रहेको जिल्ला ३१ पुगेको छ। प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १ सय ३२, बागमती प्रदेशमा १८ जना (एक मृत्यु सहित), गण्डकी प्रदेशमा ३, प्रदेश नम्बर ५ मा १ सय ५९ जना (एक जनाको मृत्यु सहित) र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्।

अहिलेसम्म कुल ३६ जनालाई निको भइसकेको छ।

याे पनि: 
थप ९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .