समाज


थप ९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो

थप ९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो

नेपालखबर
जेठ ५, २०७७ सोमबार ३:२२,

सोमबार नेपालमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या तीन सय चार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नयाँ थपिएका संक्रमित रौतहट र बारा जिल्लाका हुन्।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए।

नयाँ थपिएका संक्रमितमा रौटहटको इसनाथ नगरपालिका २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २३, २९ र ३० वर्षीय पुरुष छन्।

त्यस्तै रौतहटकै माधवनारायण नगरपालिका ३ का २८ वर्षीया महिला र बाराको कैलैया उपमहानगरपालिका ५ निवासी ३८ वर्षीया महिलालाई पनि संक्रमण पुष्टि भएको सोमबार बिहान ८ : ४५ बजे डा.अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

0000 korona 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .