समाज


दशरथचन्द र जयपृथ्वी राजमार्ग अवरुद्ध हुने गरेर हिमपात

दशरथचन्द र जयपृथ्वी राजमार्ग अवरुद्ध हुने गरेर हिमपात

फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०८० शुक्रबार ५:३४, बैतडी

बैतडीसित जोडिएको दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात भएको छ। 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार ती राजमार्गमा बिहीबार दिउँसोदेखि हिमपात भएको हो। 

राजमार्ग अन्तर्गतका खोडपे, अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थडलगायत स्थानमा हिमपात भएको छ। हिमपातका कारण केहिबेर ती राजमार्गमा बिहीबार दिउँसो यातायात सेवा अवरुद्ध भएको थियो। 

यसैबीच हिमपात भएसँगै बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन् । हिमपातपछि चिसो भने ह्वात्तै बढेको छ । बैतडीमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो । यसअघि गत माघ तेस्रो साता हिमपात भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .