समाज


खैरो हेरोइनसहित २ जना पक्राउ

खैरो हेरोइनसहित २ जना पक्राउ

नेपालखबर
फागुन ११, २०८० शुक्रबार ९:३६, कञ्चनपुर

कैलालीमा लागूऔषध खैरो हेरोईनसहित दुईजना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का ३० वर्षीय शिवदास राना र २० वर्षीय विरेन्द्र राना छन्।

उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन् बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई धनगढी उपमहानगरपालिका–२ विश्वनाथ मन्दिर नजिकबाट बिहीबार बेलुका नियन्त्रणमा लिइएको हो।

अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनीहरुको साथमा खैरो हेरोइन भेटिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .