ad ad

समाज


कैलालीको जंगलमा प्रहरी जवानको शव भेटियो, घटना अनुसन्धान गर्दै प्रहरी

कैलालीको जंगलमा प्रहरी जवानको शव भेटियो, घटना अनुसन्धान गर्दै प्रहरी

नेपालखबर
चैत २२, २०८० बिहिबार ९:०, कञ्चनपुर

कैलालीमा एकजना प्रहरी जवान जंगलमा मृत भेटिएका छन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–६ का २६ वर्षीय सुरजराम लुहार बिहीबार बेलुका जंगलमा मृत भेटिएका हुन। 

धनगढी उपमहानगरपालिका–७ स्थित मनहेरा सामुदायिक वनभित्र झुण्डिएको अवस्थामा लुहारको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिए।

लुहार जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए। केहीदिन अघि उनी घर बिदामा आएको खुलेको छ। मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको कार्कीले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .