खेल


माइतीघरबाट पक्राउ रुबि खानले हिरासतमै थालिन् भोक हड्ताल

माइतीघरबाट पक्राउ रुबि खानले हिरासतमै थालिन् भोक हड्ताल

नेपालखबर
असोज २३, २०७८ शनिबार १४:१०, काठमाडौँ

न्यायको माग गर्दै नेपालगञ्जबाट १९ दिन हिँडेर काठमाडौं आएका रुबि खानसहित १६ पीडितले प्रहरी हिरासतमै भोक हड्ताल थालेका छन्। 

उनीहरूलाई माइतीघरमण्डलमा धर्ना बस्ने क्रममा शुक्रबार साँझ प्रहरीले धरकपड गर्दै नियन्त्रणमा लिएको थियो। 

नियन्त्रणमा लिएकामध्ये अन्यलाई छाडे पनि रुबिलाई भने प्रहरीले हिरासतमै राखेको छ। 

रुबिले हिरासतमै भोक हड्ताल सुरु गरेकी हुन् भने बाँकी १५ जनाले माइतीघरबाट सुरु गरेको धर्ना बसिरहेका राहुल सेखले जानकारी दिए। 

‘हामीलाई अहिले पनि प्रहरीले धरकपड प्रयास गरिरहेको छ', उनले भने, 'हामी न्याय नमिलुन्जेल भोड हड्ताल गरिरहनन्छौं।’

बाँकेको जानकी गाउँपालिका–२ की ३८ वर्षीया नकुन्नी धोबी र नेपालगञ्ज उपमहानगरपालिका–१९ की निर्मला कुर्मीको शंकास्पद मृत्यु भएको थियो । 

उनीहरूलाई हत्या गरिएको भन्दै घटनाको अनुसन्धान र दोषीलाई सजाय दिन मागसहित पीडितहरूले १९ दिन नेपालगञ्जमा धर्ना बसेका थिए।

जिल्ला प्रशासन र प्रदेशले मागमा सुनुवाइ नगरेपछि १९ दिन पैदल हिँडेर उनीहरू न्यायका लागि काठमाडौं आइपुगेका थिए। 

‘काठमाडौं आएको तीन दिन बित्यो, हाम्रो मागलाई सरकारले सुनुवाइ गरेको छैन,’ सेखले भनेका छन्।

अनसन बसेकाहरूमध्ये अधिकांशको खुट्टा सुन्निएको छ। कतिपय बिरामी भइसकेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .