खेल


नेपाली टोलीको मुख्य प्रशिक्षकमा अलमुताइरीकै निरन्तरता

नेपाली टोलीको मुख्य प्रशिक्षकमा अलमुताइरीकै निरन्तरता

नेपालखबर
कात्तिक १०, २०७८ बुधबार १५:४०, काठमाडौँ

नेपाली राष्टिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थप ३ वर्ष नेपाली टोली सम्हाल्ने भएका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) क अध्यक्ष कर्मा छिरिङ शेर्पा, कतार फुटबल एशोसियसन र अलमुताइरीबीच भएको छलफल पछि अल्मुताइरी थप ३ वर्ष नेपाल रहने भएका हुन्। 

अलमुताइरीले आज सामाजिक सञ्जालमार्फत आफू थप २ वर्ष नेपाल रहने बताएका छन्।

कतार फुटबल एसोशियसनलाई धन्यवाद दिँदै अलमुताइरीले आफू नेपाल फर्कने उल्लेख गरेका हुन्।

आगामी २ वर्षका लागि आफ्ना योजनाहरु केही दिनमा सार्वजनिक गर्ने अलमुताइरीले बताएका छन्।

योसँगै अल्मुताइरीले थप ३ वर्ष नेपाली टोली सम्हाल्ने भएका हुन्। यसअघि उनको सम्झौता २०२२ सेप्टेम्बरसम्म रहेको थियो। 

समर्थकहरुको माया आफ्नो लागि मात्र नभई खेलाडीहरुको लागि पनि आवश्यक रहेको खेलेका छन्। समर्थकहरुले देखाएको माया आफ्नो लागि महत्वपुर्ण रहेको र अन्य विषय आफ्नो लागि गौण रहेको उनले लेखेका छन्। 

अलमुताइरी २ महिनापछि नेपाल फर्कनेछन्। एन्फा अध्यक्ष शेर्पाका अनुसार अलमुताईरी अहिले बिदामा रहेका कारण अबको २-३ महिनापछि मात्रै नेपाल आउने एन्फाले जनाएको छ। 

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले बगंलादेशसँग बराबरी गर्दै फाइनलमा पुगेपछि अलमुताइरीले अब कहिल्यै नेपाल नफर्किने भन्दै राजीनामा घोषणा गरेका थिए।

फाइनलमा नेपाल भारतसँग पराजित भएपछी नेवाली टोली स्वदेश फर्कदा अलमुताइरी भने बिदा मनाउन कतार पुगेका थिए। 

उनी कतारमा नै रहँदा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच कार्तिक ३ गते भेट भएको थियो। नेपाली फुटबलको विकासका लागि भएको भनिएको भेटबारे दुवै टोलीले केही बताएका थिएनन्। 

यसअघि एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई कारण देखाउँदै सामाजिक सञ्जालमार्फत समर्थकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .