खेल


कारबाही फिर्ता माग गर्दै ज्ञानेन्द्रसहित चार खेलाडीले पठाए क्यानलाई पत्र

कारबाही फिर्ता माग गर्दै ज्ञानेन्द्रसहित चार खेलाडीले पठाए क्यानलाई पत्र

फाइल फोटो


नेपालखबर
पुस १७, २०७८ शनिबार २१:५५, काठमाडौँ

आफूहरुमाथि गरिएको कारबाही फिर्ता गर्न मागसहित नेपाली क्रिकेट टिमका तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित ४ जना खेलाडीले पहिलोपल्ट क्यानमा इमेलमार्फत औपचारिक पत्र पठाएका छन्।

क्यानले आगामी फेब्रुअरीमा हुने आइसीसी टी-२० विश्वकप छनोटका लागि आइतबारदेखि काठमाडौंमा बन्द प्रशिक्षण बोलाएको थियो। 

जसका लागि शनिबारसम्म बन्द प्रशिक्षणमा बोलाएका ३० जना खेलाडीलाई होटलमा रिपोर्टिङका लागि निर्देशन दिइएको थियो।

शनिबार होटलमा उपस्थित नभएका यी चार खेलाडीहरूले आफूमाथिको कारबाही फिर्ता गरिपाऊँ भनी इमेलमार्फत पत्र पठाएको क्यानका एक सदस्यले जानकारी दिए।

खेलाडीहरूले पठाएको पत्रबारे क्यानले तत्कालै केही निर्णय नगर्ने भएको छ। 

'बोर्ड बैठकले गरेको निर्णय बैठकबाटै मिलाउनुपर्छ। तत्काल बोर्ड बैठक डाकिएको छैन। उक्त बैठक बसेपछि मात्रै खेलाडीहरुउपर छलफल हुन्छ,' ती सदस्यले नेपालखबरलाई भने।

कारबाहीमा परेका ४ खेलाडी नआएपनि नेपाल क्रिकेट संघ(क्यान)ले आइतबारबाट हुने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण नरोक्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .