खेल


च्यासलका १९ खेलाडीलाई कोरोना, पुलिससँगको खेल स्थगित

च्यासलका १९ खेलाडीलाई कोरोना, पुलिससँगको खेल स्थगित

फाइल तस्बिर


नेपालखबर
माघ २, २०७८ आइतबार १४:६, काठमाडौँ

च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएको छ।

जारी सहिद स्मारक ए डिभिजन टोली च्यासलका १९ खेलाडीलाई एकसाथ कोरोना देखिएसँगै आइतवार नेपाल पुलिस क्लबसँग हुने भनिएको दोस्रो खेल पनि स्थगित गरिएको छ। 

खेलको तयारी भइरहँदा च्यासलका खेलाडीमा कोरोना पुष्टि भएसँगै खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए। 

आइतवार स्थगित भएको खेल अब एन्फाले १० औँ राउन्डपछि खेलाउने भएको छ। एन्फाले नवौँ राउन्डका खेल सकेपछि लिगलाई करिब एक महिनाका लागि विश्राम दिने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .