ad ad

खेल


महिला क्रिकेट टोलीको एसिया कप खेल्ने सपना अधूरै

महिला क्रिकेट टोलीको एसिया कप खेल्ने सपना अधूरै

नेपालखबर
असार १०, २०७९ शुक्रबार १७:५०, काठमाडौँ

वर्षा बाधक बनेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एसिया कप खेल्ने सपना अधूरै रहेको छ। 

मलेसियामा जारी एसीसी महिला टि–२० च्याम्पिनयसिपअन्तर्गत पहिलो सेमिफाइनल खेलमा वर्षाले खेल प्रभावित भएपछि नेपाली टोलीको एसिया कप खेल्ने सपना अधूरै रहेको हो। 

वर्षाले दोस्रो इनिङ्स सुरु हुन नसक्दा खेल रद्द भएपछि युएई समुह विजेताको रुपमा फाइनल पुगेको छ। 

च्याम्पिनयसिपको नियम अनुसार खेल रद्द हुँदा समुह विजेताले फाइनल खेल्न पाउनेछ। वर्षाका कारण नेपाल भने पहिलो सेमिफाइनल बाटै बाहिरियो। 

च्याम्पिनयसिपको फाइनलमा पुग्ने टोलीले एसिया कप खेल्न पाउनेछन्। च्याम्पिनयसिपमा आज नै दोस्रो सेमिफाइल खेल भएका कारण खेल रद्द भएको हो।  त्यसअघि मलेसियाको किनरारा एकेडेमी ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भयो।

नेपालकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्य एक्लैले पाँच विकेट झारिन्। उनले ३.५ ओभरमा १० रन खर्चिईन्। अश्मिना अञ्जली चन्द र नेरी थापापछि एकै खेलमा पाँच विकेट लिने तेस्रो नेपाली महिला खेलाडी हुन्। इन्दु बर्माले ३ तथा सीता रानामगरले २ विकेट झारिन्। युएईकी ओपनर ईशा रोहित ओझाले सर्वाधिक १५ रन जोडिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .