ad ad

खेल


रोनाल्डिन्होसँग खेल्नु पाउनु मेरा लागि महत्वपूर्ण अवसर हो : रोहित चन्द

रोनाल्डिन्होसँग खेल्नु पाउनु मेरा लागि महत्वपूर्ण अवसर हो : रोहित चन्द

लक्ष्मी जि.सी
असार १४, २०७९ मंगलबार ९:१७, काठमाडौँ

नेपाली मिडफिल्डर रोहित चन्दले ब्राजिली लेजेन्ड रोनाल्डिन्होसँग एउटै मैदानमा खेल्न पाउनु जीवनकालमा पाइने दुर्लभ अवसरमध्येको एक रहेको बताएका छन्। 

लामो समयदेखि व्यावसायिक लिगका लागि इन्डोनेसियामा व्यस्त रहेका रोहितले आइतबार आफ्नो खेल जीवनमा नयाँ र उत्साहले भरिएको क्षण बिताउन पाए। यो सिजन पेर्सिक केडिरी एफसी क्लबमा आबद्ध भएका रोहितले खेल जीवनमा नयाँ अनुभव बटुल्ने मौका पाए। 

सोमबार रोहित र नेपाली फुटबल समर्थकका लागि नयाँ उत्साहले भरिएको दिन बन्यो। आइतबार रोहित सम्मिलित पेर्सिक क्लबले  ट्रोफियो रोनाल्डिन्हो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि हात पार्‍यो। 

४२ वर्षिय ब्राजिली लेजेन्ड रोनाल्डिन्होसम्मिलित रेन्स नुसनतारा एफसीलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जित्यो। मालाङस्थित कान्जुरुहान स्टेडियममा मैत्रीपूर्ण प्रतियोगिताको दुई खेलमा नै पेर्सिकले जित निकालेको हो। 

नेपालखबरसँगको कुराकानीमा रोहितले भने, ‘फुटबलको एउटा हस्तीसँग एउटै मैदान सेयर गर्न पाउँदा धेरै खुसी लागेको छ। उहाँ एकदम राम्रो मान्छे हुनुहुँदो रहेछ।’ रमाइलोका लागि प्रतियोगिता भएको कारण पनि नयाँ अनुभव गर्न पाएको रोहितले सुनाए। 

रोनाल्डिन्होको उमेर धेरै भए पनि खेल्ने शैली भने उस्तै रहेको रोहितले अनुभव गर्ने मौका पाए। रोनाल्डिन्होसँगको खेलपछि रोहितले हाँस्दै भने, ‘अन्तिममा भेट भएको थियो, मेडल लिदाँ पोर्चुगिज भाषामा के भन्नुभयो बुझिनँ पो तर अन्तिममा बधाई भन्नुभयो। एउटै मैदानमा खेल्ने मौका पाए सुरक्षाको कारणले खेल पछि भने त्यति लामो भेट हुन पाएन।’

विश्वका सफल खेलाडी मध्येका एक रोनाल्डिनोसँग एकै मैदानमा खेल्न पाउनु नेपाली खेलाडी र फुटबल प्रेमीका लागि गर्वको विषय हो। 
पेर्सिकले पहिलो खेलमा ब्राजिली लेजेन्ड रोनाल्डिन्हो सम्मिलित रेन्स नुसनतारा एफसीलाई टाइब्रेकरमा ४–२ ले तथा दोस्रो खेलमा एरेमा एफसीलाई टाइब्रेकरमै ५–४ ले हराएको थियो। निर्धारित ३० मिनेटको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। 

रेन्स नुसनतारा एफसीविरुद्ध पहिलो रोजाइमा मैदान उत्रेका रोहितले रोनाल्डिन्होविरुद्ध खेल्ने मौका पाए। चर्चित इन्डोनेसियन गायक तथा टिभी पर्सनालिटी रफी अहमद र रुडी सलिमको स्वामित्वमा रहेको रेन्स नुसनतारा एफसी यही सिजन शीर्ष डिभिजनमा बढुवा भएको थियो।

क्लब शीर्ष डिभिजनमा उक्लिएपछि क्लबका मालिकले समर्थकलाई सरप्राइज दिन रोनाल्डिन्होलाई इन्डोनेसियामा फुटबल खेल्न बोलाउने वाचा गरेका थिए। त्यही वाचाअनुसार रोनाल्डिन्हो रेन्स नुसनतारा एफसीबाट एक खेल खेल्न सहमत भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .