५९ केजी तौल समूहमा सन्जुले श्रीलंकाकी एस राजापाक्ष र बंगलादेशीकी फायम अख्तरलाई पछाडि पारेकी हुन्।
सन्जुले स्न्याचतर्फ ७४ केजी र क्लिन एन्ड जर्कमा ९७ केजीसहित कुल १ सय ७१ केजी तौल उचाल्दै स्वर्ण हात पारेकी हुन्।
नेपाली भारोत्तोलनको इतिहासमा यो दोस्रो स्वर्ण हो। महिलातर्फ भने भारोत्तोलनमा स्वर्ण जित्ने सन्जु पहिलो महिला हुन्।
यससँगै नेपालको स्वर्ण संख्या ३५ पुगेको छ।

प्रतिक्रिया