खेल


नवौँ राष्ट्रिय खेलकुद : डाउनहिल साइक्लिङमा दुवै स्वर्ण आर्मीलाई

नवौँ राष्ट्रिय खेलकुद : डाउनहिल साइक्लिङमा दुवै स्वर्ण आर्मीलाई

नेपालखबर
असोज २९, २०७९ शनिबार १७:३३, काठमाडौँ

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत साइक्लिङको डाउनहिल स्पर्धामा पुरुष र महिला दुवै तर्फ नेपाल आर्मीले स्वर्ण जितेको छ। 

पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटर डाउनहिल १ मिनेट ४९‍.१० सेकेण्डमा पार गर्दै स्वर्ण जितेका हुन्। 

बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेण्डमा दूरी पूरा गर्दै रजत र एपिएफका प्रचित थापा मगरले १ मिनेट ५५.६९ सेकेण्डमा दुरी पार गदै कास्य जिते। 

सोही स्पर्धाको महिलातर्फ आर्मीकी निस्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन्। 

आर्मीकै उसा खनालले २ मिनेट ३७.४५ सेकेण्डमा दूरी पार गर्दै कास्य पदक हात पारेकी छिन्। 

२ मिनेट ४०.०९ सेकेण्डमा दुरी पार गरेकी कगण्डकी प्रदेशकी जमुना कास्य हात पारिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .