खेल


प्रिमियर लिगमा सिटीको पहिलो हार

प्रिमियर लिगमा सिटीको पहिलो हार

नेपालखबर
असोज ३१, २०७९ सोमबार ६:३९, काठमाडौँ

इंग्लिस प्रिमियर लिगको जारी सिजनमा म्यानचेस्टर सिटीले पहिलो हारको सामना गरेको छ।

आइतबार राति भएको खेलमा सिटी लिभरपुलसँग १–० गोल अन्तरले पराजित भएको हो।

आइतबारको खेलमा लिभरपुललाई जित दिलाउने क्रममा खेलको ७६ औं मिनेटमा मोहम्मद सलाहले निर्णायक गोल गरेका थिए। 

यससँगै लिगमा सिटीले १० खेलबाट २३ अंक जोडेको छ।

लिगको शीर्षस्थानमा रहेको आर्सनलले समान खेलबाट २७ अंक जोडेको छ।

आठौं स्थानमा रहेको लिभरपुलले भने ९ खेलबाट १३ अंक हात पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .