नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभाभीय टोली नेपाल एपीएफ क्लबले स्वर्ण जितेको छ।
पोखरा रंगशालास्थित कोर्टमा बिहीबार स्वर्णका लागि भएको खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो।
एपीएफले आर्मीमाथि ३–० को सोझो सेटमा जित निकालेको हो। एपीएफ र आर्मीबीच भएको खेलको पहिलो सेटमा २५–२१, दोस्रो सेटमा २७–२५ र तेस्रो सेटमा २६–२४ को खेल भएको थियो।
48
Shares
प्रतिक्रिया