खेल


टी२० विश्वकप : अफगानिस्तानमाथि श्रीलंकाको सहज जित

टी२० विश्वकप : अफगानिस्तानमाथि श्रीलंकाको सहज जित

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १३:१६, काठमाडौँ

अष्ट्रेलियामा जारी आईसीसी टी२० विश्वकप क्रिकेटअन्तर्गत मंगलबार भएको खेलमा श्रीलंकाले अफगानिस्तानमाथि ६ विकेटको सहज जित हात पारेको छ।

मंगलबारको खेलमा जितको लागि अफगानिस्तानले दिएको १४५ रनको लक्ष्य  श्रीलंकाले १८ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो। 

श्रीलंकालाई जित दिलाउने क्रममा श्रीलंकाका लागि धनञ्जय डि सिल्भाले अविजित ६६ रनको पाली खेले। अफगानिस्तानका लागि रासिद खान र मुजीब उर रहमानले समान २/२ विकेट लिएका थिए। 

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएको थियो।

अफगानिस्तानलाई रोक्ने क्रममा वानिन्दु हशरंगा डि सिल्भाले ३ विकेट लिएका थिए।

यससँगै समूह ए मा रहेको श्रीलंकाले ४ खेलबाट ४ अंक हात पारेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .