खेल


कतार विश्वकपका राजदूत भन्छन्– समलैङ्गिकता ‘मानसिक समस्या’

कतार विश्वकपका राजदूत भन्छन्– समलैङ्गिकता ‘मानसिक समस्या’

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १२:१४, काठमाडौँ

कतारमा हुन गइरहेको फुटबल विश्वकपका राजदूतले समलैङ्गिकतालाई ‘मानसिक समस्या’ भएको बताएका छन्। उनको यो भनाइलाई ममान अधिकारवादीहरुले ‘हानिकारक र अस्वीकार्य’ रहेको बताएका छन्।

कतारको पूर्व अन्तर्राष्ट्रिय फुटबलर तथा यो विश्वकपका लागि मुलुकको राजदूत खालिद सलमानले जर्मन ब्रोडकास्टर जेडडीएफको एक डकुमेन्ट्रीमा बोल्दै प्रतियोगितामा सामेल हुने एलजीबीटीक्यू समूहका मानिसले कतारको नियम मान्नुपर्ने उल्लेख गरेका छन्।  

विश्वकप सुरु हुनुभन्दा दुई साता पहिला उनले कतारको समलैङ्गिकतामाथिको प्रतिबन्धको विषयमा अभिव्यक्ति दिएका हुन्। सलमानले भने, ‘समलैङ्गिकता हराम हो, थाहा छ नि तपाईंहरुलाई हाराम भनेको के हो?’ 

उनलाई यो हराम किन हो भनी सोधिएको थियो। यसको जवाफमा उनले भने, ‘म कट्टर मुसलमान होइन तर यो हराम किन छ भने यो दिमागको गडबढी हो।’ 

ह्युमन राइट्स वाचकी वरिष्ठ रिसर्चर राशा युुनुस भेन सलमानले दिएको अभिव्यक्ति भ्रामक रहेको र यसले कतारमा बस्ने एलजीबीटीक्यू समूहका मानिसको जीवनमा महत्वपूर्ण प्रभाव पार्न सक्ने बताएकी छिन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .