राजनीति


म प्रधानमन्त्रीको दाबेदार हो, यो चुनाव जित्नुको विकल्प छैन : गगन थापा

काठमाडौं ४ बाट जितेर संसदीय दलमा भिड्ने घोषणा
म प्रधानमन्त्रीको दाबेदार हो, यो चुनाव जित्नुको विकल्प छैन : गगन थापा

फाइल तस्बिर


नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १२:२१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको बताएका छन्। 

बुधवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी महामन्त्री थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताएका हुन्। 

उनले आफ्नो पहिलो लक्ष्य प्रतिनिधि सभा सदस्य र दोस्रो लक्ष्य भनेको पार्टीबाट संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भइ देशको विकास गर्नु रहेको बताए। 

महामन्त्री थापाले हरेक निर्वाचनमा आफूलाई जनता नै शक्ति हुन् भन्नेकुराले डर लाग्ने गरेको बताए। 

उनले यस अघिको चुनावमा धेरै स्थानमा उत्साह र सुभेक्षा देखिएपनि अहिले देशभरका विभिन्न स्थानमा चुनावप्रति आम मानिसको सुभेक्षा र उत्साह कम हुँदै गइरहेको बताए। 

उनले आफ्नो निर्वाचन क्षेत्रमा भने नेपालको राजनीतिक नेतृत्व परिवर्तनको निम्ति प्रयत्न गर्ने कुरामा आम नागरिकको साथ रहेको र त्यसलाई आफूले पूरा गर्ने प्रतिवद्धता जनाए।

‘यो भन्दा अघिको चुनावमा जस्तो उत्साह र सुभेक्षा देखिन्थ्यो, त्यो देख्न छोडिएको छ। मेरो सन्दर्भमा नेपालको राजनीतिक नेतृत्व परिवर्तनको निम्ति प्रयत्न गर्ने जुन संकल्प गरेको छु, त्यो संकल्पसँग जोडिएर त्यो सुभेक्षा जानुपर्छ, लड्नुपर्छ, भिड्नुपर्छ, हुनुपर्छ, बदल्नुपर्छ भन्ने सुभेक्षाहरु पाएको छु। म प्रत्येक निर्वाचनमा डराउँछु', उनले भने, 'निर्वाचनमा डराउँछु भनेको त्यसले आफूलाई अनुशासित बनाउँछ, मतदातासँग सम्पूर्ण शक्ति निहीत हुन्छ भन्नेकुरालाई विश्वास गर्नुपर्छ। मसँग आफू बाहेकको मत हुँदैन, त्यसैले मतदातासँग शक्ति छ भनेर डराउनुपर्छ। हामील अहिले सांसदका लागि लडेका छौँ, त्यसपछि संसदीय दलको चुनाव हुन्छ, त्यसका लागि म लड्ने हो। जित्ने हो, त्यसपछि जो नेपाली कांग्रेसको संसदीय दलको नेता हुन्छ, त्यही प्रधानमन्त्रीको उम्मेदवार हुने हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .