खेल


पुलिसविरुद्ध कीर्तिमानी जित निकाल्दै आर्मी फाइनलमा

पुलिसविरुद्ध कीर्तिमानी जित निकाल्दै आर्मी फाइनलमा

त्रिभुवन आर्मीका राजेश पुलामी प्लेयर अफ द म्याच भएपछि। तस्बिर : क्यान


नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १८:३, काठमाडौँ

हरि चौहान र रोहित पौडलको शतकीय साझेदारीमा त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। 

नेपाल पुलिस क्लबलाई २ विकेटले पराजित गर्दै ऐतिहासिक जितसँगै आर्मी फाइनलमा पुगेको हो। आर्मीले अब उपाधिका लागि शनिबार एपीएफसँग खेल्नेछ। 

एपीएफले भने मधेश प्रदेशलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो। पुलिसले दिएको ३०४ रनको कीर्तिमानी लक्ष्य आर्मीले एक बलअगावै ८ विकेट गुमाएर भेट्टायो। 

प्रधानमन्धी कपमा पुलिसले दिएको सर्वाधिक ठुलो योगफल हो। यसअघि सन् २०१८ मा एपीएफले गण्डकी प्रदेशलाई २४० रनको लक्ष्य दिएको थियो। 

चौथो विकेटका लागि हरि र रोहितले १३५ रनको साझेदारी गरेपछि आमी जित नजिक पुगेको थियो। 

हरिले ९२ बलमा ८ चौका र १ छक्का हान्दै ७५ रनको योगदान दिए। रोहितले ८७ बलमा ९ चौका हान्दै ८९ रनको महत्वपुर्ण योगदान दिए। 

राजेश पुलामी ४३ र शाहब आलम १ रनमा नटआउट रहे। विनोद भण्डारी ३२, विक्रम सोब ३०, अर्जुन साउद ११ र भिम सार्कीले १० रन थपे।

पुलिस क्लबका करण केसीले ६ विकेट लिए। रसिद खान र ललित राजवंशीले समान १ विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित ५० ओभरमा ३०४ रनको योगफल तयार पारेको थियो। 

पुलिस क्लबका कप्तान दिपेन्द्र सिंह ऐरिले १४० रनको विष्फोटक ब्याटिङ गरे। १२५ बलको सामना गरेका दिपेन्द्रले ११ चौका र ५ छक्का हाने। एकै प्रतियोगितामा दुई शतक हान्ने दिपेनद्र एक्ला खेलाडी हुन्। 

चौथो विकेटका लागि दिपेन्द्र र आरिफ शेखले २०४ रनको दोहोरो साझेदारी गरे। आरिफ शेख ९१ र करण केसी ८ रनमा नटआउट रहे। कुशल भुर्तेल ३१, सुनिल धमाला र अमित श्रेष्ठले १३ रन थपे। आर्मीका विक्रम शोवले ३ तथा सुसन भारीले १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .