महान् फुटबल खेलाडी पेलेको क्यान्सर उपचारको राम्रो नतिजा नआएपछि उनलाई जीवनको अन्तिम घडीमा दिइने पीडानाशक उपचार सुरु गरिएको छ। पेलेलाई कोलोन क्यान्सर भएको थियो।
तर, केमोथेरापीले काम गर्न नसकेपछि उनलाई शमनकारी उपचार दिन थालिएको हो।
८२ वर्षे पेले मंगलबार क्यान्सर उपचारको पुनर्मूल्यांकन गर्न अस्पताल भर्ना भएका थिए। पछि उनको श्वासप्रश्वास प्रणालीमा संक्रमण भएको पत्ता लागेको थियो।
अहिले उनको केमोथेरापी बन्द गरिएको र दुखाइ तथा सास छोटो हुनेलगायतका लक्षणको मात्र उपचार थालिएको रिपोर्टहरुमा जनाइएको छ।
उनी हाल ब्राजिलको साओ पाओलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचाररत छन्।
सेप्टेम्बर २०२१ मा पेलेको पेटबाट एउटा ट्युमर हटाइएको थियो। त्यसयता उनको उपचार निरन्तर चलिरहेको थियो। द गार्डियन
2.7k
Shares
प्रतिक्रिया