खेल


राइट टु प्रोटिन रन हाफ म्याराथन माघ पहिलो साता हुने

राइट टु प्रोटिन रन हाफ म्याराथन माघ पहिलो साता हुने

नेपालखबर
पुस ७, २०७९ बिहिबार १८:४, काठमाडौँ

राइट टु प्रोटिन रन हाफ म्याराथन माघ पहिलो साता हुने भएको छ। 

नेपाल भेटेरेनरी एसोसिएसनले बिहिबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन माघ ७ गते हुने जानकारी दिएको हो। 

प्रतियोगितामा खुला हाफ म्याराथनसँगै पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि पुरुष र ३ किमि महिला र फरक क्षमता भएका व्यक्तीका लागि ह्वीलचियर दौड समावेश गरिएको एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले जानकारी दिए। 

गत संस्करण रन फर प्रोटिनको नाममा प्रतियोगिता गराइए पनि यो पटक राइट टु प्रोटिन रन हाफ म्याराथन नाम दिएको संघले जनाएको छ।

प्रतियोगिताको कुल पुरस्कार राशी १३ लाख ७६ हजार ६६६ रुपैयाँ रहेको छ। हाफ म्याराथनको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। महिला पुरुष दुवैतर्फका हाफ म्याराथनका उपविजेताले ७५ हजार, तेस्रोले ५०, चौथोले ४० तथा पाँचौँ हुनेले ३० हजार रुपैयाँ पाउनेछन्। 

१० किमि खुला दौडको विजेताले ५० हजार, दोस्रोले ४० तथा तेस्रो हुनेले ३० हजार रुपैयाँ पाउनेछन्। चौथो हुनेले २० तथा पाँचौँ हुनेले १० हजार रुपैयाँ पाउनेछन्। ५ किमी महिलातार्फको विजेताले ३०, दोस्रोले २०, तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। चौथो हुनेले १० तथा पाँचौ हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

५ किमिको विजेताले ३०, दोस्रोले २०, तेस्रोले १५, चौथोले १० तथा पाँचौ हुनले ५ हजार रुपैयाँ प्राप्त गर्ने एसोसियसनले जनाएको छ। 

३ किमि दौडको विजेताले २०, दोस्रोले १५, तेस्रोले १०, चौथोले ५ हजार तथा पाचौँ हुनेले २५ सय रुपैयाा हात पार्नेछन्। ह्वाील चियर दौडको विजेताले ३० हजार, दोस्रोले २०, तेस्रोले १५, चौथोले १० तथा पाँचौ हुनेले ५ हजार रुपैयाँ पाउने एसोसिएसनले जनाएको छ। 

प्रतियोगितामा सहभागी हुन इ–सेवा वा फोन पे बाट ३ सय रुपैयाा तिरेर अनलाईन रजिष्टे«सन गर्न सकिनेछ। प्रतियोगितामा करिब ३ हजार धावक सहभागी हुने अपेक्षा एसोसिएसनले गरेको छ। 

माघ ७ गते हुने हाफ म्याराथन बिहान ७ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुनेछ। 

नेपाल दाना उद्योग संघ र त्यसअन्तर्गतका दाना उद्योग सहयोगीको रुपमा रहेका छन्। प्रतियोगितालाई नेपाल एथलेटिक एसोसिएसनले प्राविधिक सहयोग गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad