ad ad

खेल


स्पेनको कासेरेन्योसँग गण्डकी ११ पराजित

स्पेनको कासेरेन्योसँग गण्डकी ११ पराजित

नेपालखबर
पुस १३, २०७९ बुधबार २१:३२, काठमाडौँ

पाहुना टोली स्पेनिस फुटबल क्लब कासेरेन्यो सिपीसँग पोखरा ११ पराजित भएको छ। 

दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको स्पेनको टोलीले पहिलो खेलमा गण्डकी ११ लाई ३–ल० गोल अन्तरले हराएको हो। 

पोखरा रंगशालामा भएको खेलमा कासेरेन्योको जितमा कार्मेलो मोरा, मिगुएल एन्जल कारिलेरो गोन्जालेज र बर्मुले गोल गरे। 

पहिलो हाफमा २–० ले अघि बनाएको स्पेनको टोलीले दोस्रो हाफमा १ गोल थप्यो। 

कास्की जिल्ला फुटबल संघसँगको समन्वयमा लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गरेको खेलमा गण्डकीको कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले गरेका थिए।

कासेरेन्यो सिपीसँग अब काठमाडौँ ११ ले दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ। खेल बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। 

काठमाडौं टोलीको नेतृत्व नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान विराज महर्जनले गर्नेछन्। 

दुई मैत्रीपूर्ण खेल खेलका लािग कासेरेन्योको ५० सदस्यीय टोली मंगलबार आइपुगेको थियो। 

यो टोलीले आगामी जनवरी ४ मा स्पेनिस कोडा डेल रेको अन्तिम ३२ अन्तर्गतको खेलमा रियल मड्रिडसँग खेल्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .