खेल


नेपाल टी२० लिगमा पोखरा एभेन्जर्सको पाँचौँ हार

नेपाल टी२० लिगमा पोखरा एभेन्जर्सको पाँचौँ हार

नेपालखबर
पुस १४, २०७९ बिहिबार १३:१५, काठमाडौँ

लगातार खराब प्रदर्शन गरिरहेको पोखरा एभेन्जर्सले नेपाल टी २० लिगमा पाँचौ हार भोगेको छ। 

बिहीबार भएको खेलमा पोखरा विराटनगर सुपर किंग्ससँग ८ विकेटको फराकिलो हार व्यहोरेको हो। 

लिगमा ४ खेल खेलेको विराटनगरले दोस्रो जित दर्ता गरेको हो। 

पोखराले दिएको १३६ रनको लक्ष्य विराटनगरले ८ बल अगावै २ विकेट गुमाएर भेट्टायो। 

दोस्रो विकेटका लागि गौरान्सु शर्मा र रोहित पौडेलले ७८ रनको साझेदारी गरे। ३२ बलको सामना गरेका शर्माले २ चौका र १ छक्का हान्दै ३३ रन जोडे। अर्जुन साउद शुन्य रनमा आउट भए। 

तेस्रो विकेटका लागि रोहित र हुसैन तलातले ६० रनको साझेदारी गरे। रोहित ७१ र तलात २८ रनमा नटआउट रहे। ५७ बलको सामना गरेका रोहितले ६ चौका र ३ छक्का हाने। तलातले २३ बलमा ३ चौका हाने। 

पोखराका लागि अमिर हम्जा र जहिर खानले एक एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रनको योगफल तयार पारेको थियो।  

पोखराका लागि अमिर हम्जा ३७ र प्रतिश जिसी १३ रनमा नटआउट रहे। अमिरले २५ बलमा १ चौका र ३ छक्का हाने। प्रतिहले ८ बलमा २ चौका हाने। 

ओपनर सुमित महर्जन २६ र आशिफ शेख ११ रनमा पवेलियन फर्के। २५ बलको सामना गरेका सुमितले २ चौका र १ छक्का हाने। कप्तान युपुल थरांगा २५ रनमा क्याच आउट भए। युपुलले २४ बलमा २ चौका र १ छक्का हाने। सिद्धान्त लोहनी ९, शरद भेषावकर २, कुशल मल्ल १ रनमा आउट भए। 

विराटनगरका लागि एन्ड्री एक्लैले ३ विकेट झारे। उनले आफ्नो स्पेलमा २२ रन खर्चे। नन्दन यादव, राज नन्नन र शाहव आलमले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .