खेल


मछिन्द्रलाई स्तब्ध पार्दै चर्च ब्वाइज आहा रारा गोल्डकपको सेमिफाइनलमा

मछिन्द्रलाई स्तब्ध पार्दै चर्च ब्वाइज आहा रारा गोल्डकपको सेमिफाइनलमा

नेपालखबर
पुस १७, २०७९ आइतबार १६:२३, काठमाडौँ

ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

पोखरा रंगशालामा आइतबार भएको खेलमा मछिन्द्रलाई ३–१ गोल अन्तरले हराउँदै चर्चब्वाइजले अन्तिम ४ मा स्थान पक्का गरेको हो। 

खेलको पहिलो हाफमा २–० ले पछि परेको मछिन्द्रले दोस्रो हाफमा १ गोल फर्कायो। 

चर्चब्वाइजको जितमा आशिष चापागाइले दुई तथा आशिष चौधरीले एक गोल गरे। मछिन्द्रका लागि सौरभ सुब्बाले सान्त्वना गोल फर्काए। 

खेलको २३ औँ मिनेटमा आशिष चापागाइले गोल गर्दै चर्चब्वाइजलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयमा आशिषले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। ६४ औँ मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्चब्वाइजलाई ३–० को अवस्थामा ल्याए। 

खेलको ८९ औँ मिनेटमा मछिन्द्रका सौरभले गोल गर्दै टोलीलाई ३–१ को अवस्थामा ल्याए पनि जितका लागि पर्याप्त भएन। 

प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लब भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad