आहा रारा पोखरा गोल्डकप फुटबल उपाधिका लागि संकटा क्लब र बीवाइएससी एमएन युएसए भिड्ने भएका छन्।
पोखरा रंगशालामा बिहीबार भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० ले पराजित गर्दै बीवाइएससी फाइनलमा प्रवेश गरेको हो।
बीवाइएससी क्लबका लागि पहिलो हाफको अतिरिक्त समयमा रोजिन प्रजापतीले गरेको गोल नै निर्णायक बन्यो।
योसँगै २२ औँ संस्करणमा पनि आहा रारा पोखरा गोल्डकपले नयाँ च्याम्पियन पाउने भएको छ। खेलको उपाधि भिडन्त शनिबार हुनेछ।
45
Shares

प्रतिक्रिया