ईएफएल कपको सेमिफाइनल खेलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टविरुद्ध सहज जित हासिल गरेको छ।
बुधबार राति भएको खेलमा युनाइटेडले नटिङघमलाई ३–० गोल अन्तरले हराएको हो।
युनाइटेडको जितमा म्यार्कुस रासफोर्ड, वाउट वेगहर्स्ट र ब्रुनो फर्नानडजले गोल गरे।
खेलको छैटौँ मिनेटमा रासफोर्डले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
विश्वकपपछि लयमा देखिएका रासफोर्डले १० खेलमा १० गोल गरिसकेका छन्। रासफोर्डको यो प्रतियोगितामा एक्लैले गरेको यो ५औँ गोल हो। उनी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्।
खेलको ४५औँ मिनेटमा वेगहर्स्टले गोल गर्दै अग्रता दोब्बर पारे। एक पक्षिय खेलको ८९ औँ मिनेटमा फर्नानडेजले गोल गर्दै अग्रता ३–० ले पारे।
दोस्रो सेमिफाइनल लेग बुधबार हुनेछ।
माघ १२, २०७९, बिहीबार
प्रतिक्रिया