खेल


विश्वकपपछि पीएसजी खराब लयमा, रिम्ससँग पनि रोकियो

विश्वकपपछि पीएसजी खराब लयमा, रिम्ससँग पनि रोकियो

नेपालखबर
माघ १६, २०७९ सोमबार १२:४५, काठमाडौँ

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग १ मा रिम्ससँग बराबरी गरेको छ। 

आइतबार राति भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजीले रिम्ससँग अंक बाँड्न बाध्य भएको हो। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुबै गोल दोस्रो हाफमा भए। 

खेलको ५१ औँ मिनेटमा नेयमारको गोलमा पीएसजीले सुरुवाती अग्रता बनाएको थियो। खेलको ५९ औँ मिनेटमा मार्को भेराट्टीले विपक्षी खेलाडीलाई खराब ट्याकल गरेपछि पीएसजी १० खेलाडीमा सिमित बनेको थियो। 

तर, अतिरिक्त समयको अन्तिम मिनेटमा पोलारिन बालोगुनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। 
विश्वकपपछि उत्कृष्ट प्रर्दशन गर्न नसकेको पीएसजीले पछिल्ला ५ खेलमा ८ अंक गुमाइसकेको छ। यसअघि दुई खेलमा पराजित भएको पीएसजीले रिम्ससँगको बराबरीले दुई अंक गुमायो। 

शीर्ष स्थानको पीएसजीको अब दोस्रो स्थानको लेन्ससँगको दुरी ३ अंकको छ। पीएसजीले बिहिबार मोन्टपिलरसँग खेल्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .