खेल


सेभिल्लामाथि बार्सिलोनाको जित, रियलसँग बढायो अंक दुरी

सेभिल्लामाथि बार्सिलोनाको जित, रियलसँग बढायो अंक दुरी

नेपालखबर
माघ २३, २०७९ सोमबार ६:५८, काठमाडौँ

सेभिल्लामाथि सानदार जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनाले स्पेनिस ला लिगामा रियलसँगको अंक दुरी बढाएको छ।

जितसँगै शीर्षस्थानको बार्सिलोनाले दोस्रो स्थानको रियलसँगको अंक दुरी ८ मा पुर्याएको छ। गएराति नै भएको खेलमा रियल मार्लोकासँग पराजित भएको थियो। समान २० खेलबाट बार्सिलोनाको ५३ र रियलको ४५ अंक छ। 

२० खेलबाट २१ अंक बनाएको सेभिल्ला रेलिगेसन जोनभन्दा २ अंकले मात्र माथि छ। 

आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ३–० गोल अन्तरले पाखा लगाएको हो। बार्सिलोनाको जितमा जोडी अल्बा, गाभी र राफिन्हाले गोल गरे। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको बार्सिलोनाले तिनै गोल दोस्रो हाफमा गर्यो। 

खेलको ५८ औँ मिनेटमा जोडी अल्बाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। 

खेलको ७० औँ मिनेटमा गाभीले गोल गर्दै अग्रता दोब्बर पारे। ७९ औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए। 

बार्सिलोनाका कप्तान सर्जियो बुस्केट खेलको चौथौँ मिनेटमा नै एङ्कल इन्ज्युरीका कारण मैदान छाड्न बाध्य भए। 

बार्सिलोनाले फेब्रुअरी १६ मा युरोपा लिगको प्लेअफ टाइको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .