ad ad

खेल


राजर्षि जनक कप : आयोजक बागमती युवा क्लब क्वाटर फाइनलमा प्रवेश

राजर्षि जनक कप : आयोजक बागमती युवा क्लब क्वाटर फाइनलमा प्रवेश

नेपालखबर
माघ २८, २०७९ शनिबार २१:६, काठमाडौँ

आयोजक बागमती युवा क्लव सर्लाहीमा जारी ७ औँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ।

घरेलु मैदान सर्लाहीको बागमतीस्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा शनिबार भएको खेलमा बागमतीले धरान युवा क्लवलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो। 

खेलको १३ औँ मिनेटमा विमल घिसिङको गोलबाट बागमतीले खेलमा अग्रता बनाएको थियो। 

खेलको ४१ औँ मिनेटमा बामतीका सिर्जन गौतमले दोस्रो गोल गरे। त्यसको तीन मिनेटपछि नै उनै गौतमले बागमतीलाई ३–० को अग्रतामा पुर्याए।

मध्यान्तरसम्म ३–० ले पछि परेको धरानले खेलको ५४ औँ मिनेटमा आत्मघाती गोल ग¥र्यो। सिर्जन गौतमले प्रहार गरेको बल रोक्न खोज्दा धरानका सुरज विकले आत्मघाती गोल गर्न पुगे।

खेलको ६१ औँ मिनेटमा बागमतीका खेलाडीले धरानका खेलाडीलाई डिबक्सभित्र लडाएपछि धरानले पेनाल्टी पायो। उक्त पेनाल्टीलाई धरानका दोर्जे तामाङले सदुपयोग  गर्दै खेललाई ४–१ को स्थितमा ल्याए।

बागमतीका तर्फबाट खेलको ८२ औँ मिनेटमा दीपेश चाम्लिङ राईले पाचौँ गोल गरेका थिए।


आजको खेलमा बिजेता बागमती युवा क्लबका सिर्जन गौतम म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

आयोजक बागमती युवा क्लवले त्यतिबेलै उत्कृष्ट खेल पस्कने गौतमलाई थप पाँच हजार र आफ्नो टिमका लागि पहिलो गोल गर्ने विमल घिसिङलाई पनि पाँच हजार रुपैयाँ प्रदान गर्यो। बागमतीले अब फागुन ३ गते हुने क्वाटर फाइनलमा गत वर्षको उपबिजेता मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ।

आइतबार हुने पहिलो क्वाटरफाइनलमा साबिक बिजेता पिप्ले युवा क्लव हेटौँडा र जावलाखेल यूथ क्लव ललितपुरबीच हुनेछ। जावलाखेलले पहिलो खेलमा विभागीय क्लव सशस्त्र प्रहरीलाई पराजित गरेको हो भने डिफेन्डीङ च्याम्पियन पिप्ले युवा क्लव बाइ पाएर क्वाटर फाइनलमा प्रवेश गरेको हो।

बागमती युवा क्लव र बागमती नगरपालिकाको नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .