खेल


घरेलु मैदानमा दोस्रो जितपछिको खुसी (तस्बिरहरु)

घरेलु मैदानमा दोस्रो जितपछिको खुसी (तस्बिरहरु)

नेपाललाई दोस्रो जित दिलाएपछि नेपाली ब्याटरहरुसँग खुसी साट्दै अन्य खेलाडी। तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
फागुन ५, २०७९ शुक्रबार १७:२२, काठमाडौँ

नेपाली टोलीले घरेलु मैदानमा दोस्रो जित निकालेको छ। बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डलाई ३ विकेटले हराएको छ।

पहिलो खेलमा नामिबियालाई हराएको नेपालले दोस्रो खेलमा पनि जित दर्ता गराएको छ।

दोस्रो जितमा पनि बलिङ र ब्याटिङ दुवैमा नेपाली खेलाडीहरुले सुधारिएको र उत्कृष्ट प्रदर्शन गरे।

स्कटल्यान्ड, नेपाल र नामिबियाबीचको त्रिदेशीय शृंखलामा लगातार दोस्रो जित निकालेपछि नेपाली टोली उत्साहित भएको छ। 

दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको विस्फोटक ब्याटिङमा नेपालले एक दिवसीय त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित निकालेको हो। 

यसअघि नेपालले घरेलु मैदानमा नामिबियालाई २ विकेटले पराजित गरेको थियो। 

स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले १८ बलअगावै ७ विकेट गुमाएर भेट्टायो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .