ad ad

खेल


डिफेन्डर घिम कुमारीले लिइन् अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

डिफेन्डर घिम कुमारीले लिइन् अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

नेपालखबर
फागुन ७, २०७९ आइतबार १९:७, काठमाडौँ

करिब ७ वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गरेकी डिफेन्डर घिम कुमारी गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेकी छिन्। 

भारतको चेन्नइमा भएको दुई मैत्रीपूर्ण खेलपछि घिम कुमारीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएकी हुन्।  

दोस्रो मैत्रीपूर्ण खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा फरवार्ड सावित्रा भण्डारीको स्थान लिँदै घिम कुमारी मैदान छिरेकी थिइन्। 

घिम कुमारीले सन् २०१२ देखि २०१६ सम्म राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेकी थिइन्। उनले १२ औँ दक्षिण एशियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। 

सात वर्षपछि राष्ट्रिय टोलीमा परेकी घिम कुमारीले भारतसँगको मैत्रीपूर्ण खेलबाट सन्न्यास लिएकी हुन्। 

सन्न्यास घोषणापछि उनले भनिन्, ‘६,७ वर्ष अघिभन्दा अहिलेको फुटबल धेरै परिवर्तन भएको रहेछ। लामो समयपछि मैदान प्रवेश गर्दा केही भावुक भएँ। पहिला राष्ट्रिय टोलीमा पर्दा कहिल्यै बेन्चमा बसेको थिइन। अहिले बेन्चमा अर्कै महसुस हुने रहेछ। थोरै समयको लागि मैदान छिर्न पाएँ। एकदम खुसी छु।’ 

नेपाल पुलिस क्लबकी सदस्यसमेत रहेकी घिम कुमारीले राष्ट्रिय टोलीको जर्सीमा सन्न्यास लिन पाउँदा खुशी लागको बताइन्।

उनले भनिन्, ‘मलाई राष्ट्रिय टोलीको जर्सीमा सन्न्यास लिन मन थियो। त्यो सपना पूरा हुँदा खुसी लाग्यो। भाग्यले साथ पनि दिन पर्ने रहेछ।’

घिम कुमारीले पाकिस्तानमा भएको २०१४ र २०१६ मा भएको साफ च्याम्पियनसिप खेलेकी थिइन्। उनले १२ औँ दक्षिण एशियाली खेलकुद सागमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .