खेल


एसियन खेलकुदका लागि करातेका ४८ खेलाडी प्रारम्भिक छनोटमा

एसियन खेलकुदका लागि करातेका ४८ खेलाडी प्रारम्भिक छनोटमा

नेपालखबर
फागुन ७, २०७९ आइतबार १९:१६, काठमाडौँ

चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि करातेका प्रारम्भिक खेलाडी छनोट सम्पन्न भएको छ। 

ललितपुरको सातदोबाटोस्थित कराते एकेडेमीमा आइतबार सम्पन्न छनोटमा ४८ खेलाडी प्रारम्भिक प्रशिक्षणका लागि छानिएका छन्। 

प्रारम्भिक बन्द प्रशिक्षणका लागि महिला ६१ केजी तौल समूहमा एपीएफकी रमिता माझी, पुलिस क्लबकी सोनी राई, आर्मीकी निरुपा तामाङ र पुलिसकी अर्मिला डिसी छनोट भएका छन्। 

महिला ६८ केजी तौल मुनिको छनोटमा एपीएफकी डायना ओझा, बागमती प्रदेशका विनिता श्रेष्ठ, श्रद्धा थापा र आशिका राई छनोट भएका छन्। ६८ केजी माथिको तौल समूहमा पुलिसकी एरिका गुरुङ, बागमती प्रदेशकी रजिता ढुंगेल, महिमा राई र लुम्बिनी प्रदेशकी दिया थापा छनोट हुन सफल भएका छन्। 

महिला ५० केजी तौल समूहमा बागमति प्रदेशकी एञ्जिला महर्जन, आर्मीकी मिस्ली श्रेष्ठ, बागमतीकी नमु शाक्य र पुलिसकी सविना श्रेष्ठले प्रारम्भिक चरणमा स्थान बनाएका छन्। 

५५ केजी तौल समूहमा पुलिसकी जिया कार्की, गण्डकी प्रदेशकी अनु गुरुङ, आर्मीकी सोनु माया थिङ र सुदूरपश्चिमकी पुष्पा मदाई छनोट भए। महिला एकल कातामा पुलिसकी चञ्चला दनुवार, कर्णाली प्रदेशकी एलिसा रास्कोटी मगर, आर्मीकी रिना श्रेष्ठ र पुलिसकी सरु कार्की छनोट भएका छन्। 

पुरुष एकल कातामा एपीएफका सोनिम मानन्धर, आर्मीका प्रविन मानन्धर, पुलिसका महसुस मोक्तान र बागमतिका रिहान चन्द छनोट भए। पुरुष ६० केजी तौल समूहमा पुलिसका सोनम लामा, आर्मीका विजय रिमाल, एपीएफका सविन खत्री र बागमतीका रिकेश भण्डारी छनोट भए। 

६७ केजी तौल समूहमा बागमतीका इलोन श्रेष्ठ, पुलिसका सन्तोष श्रेष्ठ, आर्मीका कृतन महर्जन, बागमती प्रदेशका अमृत थोकर छनोट भए। 

७५ केजी तौल समूहमा एपीएफका सुवास घताने, गण्डकी प्रदेशका सज्वल बुढाथोकी, आर्मीका किरण पुन, प्रदेश १ का रुडिहाङ डुमी छनोट भएका छन्। 

पुरुष ८४ केजी तौल मुनिको समूहमा एपीएफका मोहम्मद शेखु आलम, बागमतीका आशिष थापा, प्रदेश १ का इश्वरधन राई, आर्मीका सुरेश जप्रेल तथा ८४ केजी तौल माथिको समुहमा पुलिसका विप्लव लाल श्रेष्ठ, एपीएफका दिगम्बर पन्त, आर्मीका विपिन राज सिंह धामी र बागमती प्रदेशका सुमन ब्लोन छनोट भएका छन्। 

बन्द प्रशिक्षणका लागि एक तौल समूहमा चार खेलाडी छनोट भएका छन्। खुल्ला छनोटमा सात प्रदेश र तिन विभागीयका गरि १ सय ३९ खेलाडी सहभागी भएका थिए। 

एशियाली खेलकुद आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .