खेल


‘ए डिभिजन लिग’मा आज ३ खेल हुँदै

‘ए डिभिजन लिग’मा आज ३ खेल हुँदै

नेपालखबर
फागुन २०, २०७९ शनिबार ११:४६, काठमाडौँ

सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन्। 

लिगको दोस्रो दिनको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लब खेल्नेछन्। खेल च्यासल स्टेडियममा दिउँसो साढे २ बजे सुरु हुनेछ। 

बी डिभिजनबाट बढुवा भएको चर्च ब्वाइज लिगमा उपाधिका लागि सुखद सुरुवात गर्ने लक्ष्यमा छ। चर्च ब्वाइजका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले मोफसलका प्रतियोगिताका कारण लिगको तयारी राम्रो भइरहेको बताए।

उनले भने, ‘पहिलो खेलका लागि टोलीको अवस्था ठिकै छ। टिम राम्रो हुँदै जाने आशा छ।’ 

लिग जारी रहँदा अन्य खेलहरु रिड गर्दै अघि बढ्ने योजनामा रहेको प्रशिक्षक हुमागाईंले बताए। उनले भने, ‘स्वंयम्सेवी प्रशिक्षकको रुपमा काम गर्दै छु।’

युथ र राष्ट्रिय टोलीलाई प्रतिनिधित्व गरिसकेको खेलाडी भएकाले टोली राम्रो बनेको बताए। 

भारतीय लिग खेल्न गएका अञ्जन विष्ट भने दुई खेलपछि मात्र उपलब्ध हुनेछन्। 

टोलीमा ७० प्रतिशत खेलाडी भएकाले राम्रो नतिजा आउनेमा टोलीका कप्तान अनन्त तामाङ विश्वस्त छन्। दुई महिनादेखि प्रशिक्षणमा रहेकाले लिगको अन्तिम चरणमा आइपुग्दा टोली एउटा सेपमा पुगेको कप्तान तामाङले बताए। 

आफू टोलीको आवश्यक्ताअनुसार खेल्न तयार रहेको तामाङले बताए। चर्च ब्वाइजले टोलीमा अनुबन्ध गरेका दुई खेलाडी बाहिर गए पनि त्यसले खासै फरक नपर्ने बताएका छन्। 

पुलिस क्लबका मुख्य प्रशिक्षक चेतन घिमिरेलले यो पटकको लिगमा टोली बलियो बनाएको बताएका छन्।

उनले भने, ‘आन्तरिक प्रतिस्पर्धाबाट युवा खेलाडीलाई टोलीमा समेटेर राम्रो टोली बनाएका छौं। गाह्रो भन्दा पनि लिमिटेड खेलाडी छन्। राम्रो कसरी गर्न सकिन्छ भनेर तयारी गरिरहेका छौं।’

टोलीका कप्तान रामचन्द्र वाजीले आफूहरु नयाँ प्रशिक्षकको योजनाअनुुसार खेल्ने बताएका छन्।

उनले भने, ‘विडम्बना नै भन्नुपर्छ- पहिला नेपाल पुलिस क्लब भनेपछि स्टार खेलाडीले भरिएको टिम थियो, अहिले युवा टोलीमा हामी निर्भर छौं। तर पनि नयाँ खेलाडीबाटै आशा गरेका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .