ad ad

खेल


सन्तोषीसँगै एलेक्जेन्डर र डुवानाले पेरिस ओलम्पिक खेल्ने

सन्तोषीसँगै एलेक्जेन्डर र डुवानाले पेरिस ओलम्पिक खेल्ने

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार २०:३, काठमाडौँ

१३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ, स्वीमिङका कीर्तिमानी खेलाडी दुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ।

नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार सन्तोषीसँगै स्वीमिङका डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउने बताएका हुन्।

सन्तोषीले पेरिस ओलम्पिकको म्याराथनमा भाग लिनेछिन्। सन्तोषी युनिभर्सियालिटी कोटाबाट नेपालको सहभागिता जनाउनेछिन्।

यस्तै, पौडीका दुवाना र एलेक्जेन्डरले ओपन इभेन्टमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

महासचिव श्रेष्ठले भने, ‘सम्बन्धित संघको सिफारिसमा एनओसीले आयोजक कमिटिलाई नाम पठाएको थियो। जुन नाम स्वीकृत भएको हो।’

योसँगै पेरिस ओलम्पिकमा अहिलेसम्म पाँच खेलाडीको सहभागिता पक्का भएको छ।

यसअघि ब्याडमिन्टका प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठले ओलम्पिक खेल्ने पक्का भएको थियो।

टेबल टेनिसका स्यान्टुले दक्षिण एसियाली छनोट चरण पार गर्दै ओलम्पिकमा स्थान बनाएका हुन्। छनोट चरण पार गरेर ओलम्पिकमा स्थान बनाउने स्यान्टु नेपालका तेस्रो खेलाडी हुन्।

यसअघि तेक्वान्दोकी संगिना वैद्य र दिपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए।

पेरिस ओलम्पिक आगामी जुलाई २६ देखि अगस्ट ११ सम्म हुँदैछ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .