ad ad

खेल


ए डिभिजन लिगमा आज पनि ३ खेल, कसको प्रतिद्वन्द्वी को?

ए डिभिजन लिगमा आज पनि ३ खेल, कसको प्रतिद्वन्द्वी को?

त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबका कप्तानद्वय


नेपालखबर
फागुन २१, २०७९ आइतबार १२:५५, काठमाडौँ

सहिद स्मारक ए डिभिजन लिगमा आज आइतबार तीन खेल हुँदै छन्। 

लिगको आइतबारको अन्तिम खेलमा गत संस्करणको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र जावलखेल युथ क्लब भिड्दै छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ। 

दुई सिजनको लिग च्याम्पियन मछिन्द्र जावालखेललाई हराउँदै लिगमा सुखद सुरुवात गर्न चाहन्छ। उता जावलाखेल पनि बलियो प्रतिद्वन्द्वी मछिन्द्रलाई हराउने योजनामा हुनेछ। 

आजै हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लव खेल्नेछन्। दशरथ रंगशालामै हुने खेलमा दिउँसो साढे २ बजे हुनेछ। 

सोही समयमा हुने खेलमा न्युरोड टिम र सातदोबाटो युथ क्लव भिड्नेछन्। खेल च्यासल मैदानमा दिउँसो साढे २ बजे हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .