ad ad

खेल


यूएईविरुद्ध नेपाल ४२ रनले विजयी, लिग २ को पाँचौँ स्थानमा उक्लियो

यूएईविरुद्ध नेपाल ४२ रनले विजयी, लिग २ को पाँचौँ स्थानमा उक्लियो

नेपालखबर
फागुन २२, २०७९ सोमबार १८:४८, काठमाडौँ

नेपालले आईसीसी लिग २ क्रिकेटअन्तर्गत दुबईमा भएको खेलमा यूएईलाई ४२ रनले पराजित गरेको छ।  

त्रिकोणात्मक सिरिज अन्तर्गत यूएईमा भ्रमणमा रहेको नेपाली राष्टिय टोलीले घरेलु टोलीलाई ४२ रनले पराजित गरेको हो। 

सिरिजको अन्तिम खेलमा नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १८७ रन बनाउँदा अल आउट भयो। 

जितसँगै नेपाल अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। नेपालले लिग २ मा यूएईलाई पहिलो पटक हराएको हो। योसँगै लिग २ मा नेपालको विदेश भ्रमण सकिएको छ। 

लिग २ अन्तिम सिरिजमा नेपालले घरेलु मैदानमा यूएई र पीएजीसँगै खेल्नेछ। सिरिज आगामी बिहिबार देखि सुरु हुनेछ। सिरिजका लागि पीएनजीको टोली नेपाल आइपुगिसकेको छ। 

यूएईका ओपनर आशिफ खानले ८२ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्। आर्यन लाक्राले ५० रन थपे। भृत्या अरविन्दले १३ रन थप्दा अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेननन्। 

दोस्रो विकेटका लागि आशिफ र आर्यनले ९३ रनको साझेदारी गर्दै यूएईलाई बलियो साझेदारी दिपेन्द्र सिंह ऐरिले तोडेका थिए। दिपेन्द्रले आर्यनलाई एलबीडब्लु धरापमा पारे। 

यूएईलाई कम स्कोरमा रोक्न सोमपाल कामी र दिपेन्द्र सिंह ऐरिले समान ३ विकेट लिए। करण केसी, सन्दील लामिछाने र आरिफ शेखले एक एक् विकेट आफ्नो नाममा गरे। 

दुबई इन्अटरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय २९ रनको योगफल तयार पारेको हो। 

छैटौँ विकेटका लागि भीम सार्की र सन्दीप लामिछानेले ५६ रनकै साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। सन्दीप २७ रन बनाउँदा क्याच आउट भए। ४० बलको सामना गरेका उनले १ चौका हाने। 

सातौँ विकेटका लागि भीम र आरिफ शेखले ५६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ र्डोयाएका थिए। 

९९ बलको सामना गरेका भीम ७ चौका हान्दै ७० रन बनाएर बोल्ड आउट भए। 

उनी रोहन मुस्तफाको बलमा बोल्ड भएका हुन्। वन डे क्रिकेटमा भीमले करियरको पहिलो अर्धशतक प्रहार गरे। 

ओपनर ज्ञानेन्द्र मल्ल ११ रनमा एलबीडब्लु धरापमा परे। आशिफ शेख ६ रनमा क्याच आउट भए। 

कुशल मल्लले ३२ रन बनाउँदा रोहन मुस्तफाले बोल्ड आउट गरे। दीपेन्द्र सिंह ऐरी ४ र रोहित पौडेल १ रनमा आउट भए। करण केसीले ११ बलमा १ चौका र १ छक्का हान्दै १७ रनमा आउट भए। 

आरिफ शेख ४३ र प्रतिश जिसी ११ रनमा नटआउट रहे। ५६ बलको सामना गरेका आरिफ १ चौका र १ छक्का हान्दै ४३ रन बनाए। ६ बलको सामना गरेका प्रतिश १ चौका हान्दै ११ रन बनाए। 

यूएईका जुनैद सिद्दीकीले तिन विकेट लिए। रोहन मुस्तफा र आर्यन लात्राले समान २ विकेट लिए। कार्तिक मैइयाप्पनले एक विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .