ad ad

खेल


मछिन्द्रले चौथो खेलमा जित निकाल्दा पुलिसको चौथो हार (तस्बिरहरु)

मछिन्द्रले चौथो खेलमा जित निकाल्दा पुलिसको चौथो हार (तस्बिरहरु)

मछिन्द्र र पुलिसबीचको खेल। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन ३०, २०७९ मंगलबार १९:३०, काठमाडौँ

मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणमा जितको खाता खोलेको छ। 

साविक विजेतासमेत रहेको मछिन्द्रले यो सिजन जितको स्वाद लिन चौथो चरणसम्म पर्खनु पर्यो। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा मछिन्द्रले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराएको हो।

यता पुलिस क्लबले भने चौथो चरणसम्म पनि अंकको खाता खोल्न सकेको छैन। 

जितविहीन पुलिस क्लब लगातारको हारसँगै अंक तालिकाको पुछारमा छ। मछिन्द्रविरुद्ध बनाएको सुरुवाती अग्रता जोगाउन नसक्दा पुलिस लगातार हार भोग्न बाध्य भयो। 

खेलको नवौं मिनेटमा अञ्जन राईले गोल गर्दै मछिन्द्रविरुद्ध सुरुवाती अग्रता दिलाएका थिए। रवि पासवानले दिएको क्रसमा अन्जन राईले हेडर गोल गरेका थिए। 

खेलको २९ औं मिनेटमा आफिजले गोल गर्दै मछिन्द्रलाई बराबरीमा ल्याए। पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारपछि आएको रिबाउन्डमा अफिजले सहज गोल गरेका थिए। 

४१ औँ मिनेटमा आफिजले नै गर्दै मछिन्द्रलाई अग्रता दिलाए। युटा सुजुकीको लामो पास डिफ्लेक्ट हुँदा गोलरक्षक झुक्किएपछि आफिजले बल नियन्त्रणमा लिएर खाली पोस्टमा छिराएका थिए।

लिगमा पहिलो जित दर्ता गराएको मछिन्द्रले ४ अंक जोडेको छ। मछिन्द्रले १ खेलमा जित, १ खेलमा बराबरी र २ खेलमा हार भोगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .