ललितपुर मेयर्स कप टी २० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको उपाधिका लागि एपीएफ र कोशी प्रदेश भिड्ने भएका छन्।
ललितपुर मेयर्स कप टी २० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको उपाधिका लागि एपीएफ र कोशी प्रदेश भिड्ने भएका छन्।
मंगलबार भएको खेलमा मधेश प्रदेशलाई ६२ रनले पराजित गर्दै कोशी पहिलो पटक मेयर्स कपको फाइनलमा पुगेको हो। फाइनल खेल बिहीबार हुनेछ।
आजै भएको पहिलो खेलमा आयोजक ललितपुर मेयर्स ११ लाई पराजित गर्दै एपीएफले अपराजित रहेर फाइनल पुगेको थियो। साविक विजेता समेत रहेको एपीएफ उपाधिमाथि ह्याट्रिक गर्ने योजनामा छ।
कोशीले दिएको १०६ रनको लक्ष्य पछ्याएको मधेस प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर ४३ रन मात्र बनाउन सक्यो।
सरस्वती कुमारीले बनाएको १० रन नै मधेशका लागि सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
मधेशका ४ खेलाडी बोल्ड आउट भए। अनिसा यादव, अनुराधा चौधरी शुन्य रनमा आउट भए। सना प्रविनले ८ रन बनाइन्। सिमा कुँवर १ र रोजी कडारी २ रनमा पवेलियन फर्किए।
कोशीका लागि रुविना क्षत्रीले दुई तथा सवनम राइले एक विकेट लिए। एलिसा खाडिया र निशा शाहले समान २ विकेट झारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मधेश प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५ रनको योगफल तयार पारेको थियो।
पहिलो विकेटका लागि ओपनर काजल श्रेष्ठ र कप्तान रुविना क्षत्रीले ४० रनको साझेदारी गरे। काजल २२ रन जोड्दा पवेलियन फर्किईन्।
३८ बलको सामना गरेकी रुविनाले ६ चौका हान्दै ३९ रनको योगदान दिइन्।
अप्सरी वेगमले १९र स्मृति कटुवालले १० रन थपे। निसा शाह र सवनम राईले समान १० रन बनाए। सोनु राजवंशी २ रनमा नटआउट रहिन्।
मधेश प्रदेशका सन्तोषी चौधरी, अमिरन निसा र अमिसा पटेलले समान २ विकेट लिए।
प्रतिक्रिया